Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

कलेज पढाउँदै बंगुरपालन

शनिबार, ०८ जेठ २०७३

काठमाडौँ, ८ जेठ । खोटाङ नेर्पा ६ का युवाले सामूहिकरुपमा बंगुरपालन गरेका छन् ।  वंगुर पालनबाट गाउँमै आम्दानी लिन र रोजगारी सिर्जना गर्न निरौली कृषि सहकारी संस्था गठन गरेर युवाले हेमसायर, पाख्रीबास, ड्युरोक, पुँडीलगायत जातका सुँगुर पालेका छन् । 

गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्न ३६ जना स्थानीयको १९ लाख शेयर लगानीमा बंगुर पाल्न थालिएको हो । अहिले बुंगुरको मासु र पाठा उत्पादन दुवैलाई प्राथमिकतामा राखिएको सहकारीका सचिव पवन राईले बताए । 

कृषि पेसाप्रतिको घट्दो मोह जगाउनका लागि दिक्तेल बहुमुखी क्याम्पसका पढाउने सरहरुले पनि दिक्तेल नगरपालिका २ मा नमूना कृषि फार्म सञ्चालनमा ल्याएका छन् ।  साढे पाँच रोपनी जग्गा भाडामा लिएर क्याम्पसका सरहरु रबिन सुनुवार, सामप्रसाद राई लगायतले कृषि फार्म सञ्चालनमा ल्याएका हुन् । 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया