Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

हावाहुरीले छानो उडाउँदा चौरमा विद्यार्थी 

शनिबार, ०८ जेठ २०७३

काठमाडौँ, ८ जेठ । गत मङ्गलबार दिउँसो २ बजेतिर एक्कासि चलेको हावाहुरीले आदर्श उमावि जुफालको जस्ताको छानो उडाएको छ ।  पाँचकोठामा पूर्णरुपमा क्षति पुगेको र बाँकी दुईकोठामा आंशिक क्षति पुगेको उमाविका प्राचार्य पूर्णबहादुर डाँगीले बताए । 

कक्षा ५ देखि उमावि तहसम्मका सबै कोठा गरेर रु २० लाख बराबरको क्षति भएको डाँगीले बताए ।  बीस वर्ष अगाडि निर्माण गरिएको जीर्ण भवनलाई गतवर्ष वैशाख १२ को भूकम्पले पनि थप क्षति पु¥याइदिएको हो ।  

मङ्गलबारको हावाहुरीले भवनको छत पूर्णरुपमा क्षति पु¥याएकाले खाली चौरमा पढाउनुपर्ने बाध्यता आइलागेको प्राचार्य डाँगीले बताए ।  स्थानीयवासी भुपेन्द्र मल्लको दुईकोठे भान्सा र पानीट्याङ्कीमा समेत असर गरेको विव्यस अध्यक्ष गोपालबहादुर शाहीले दाबी गरे ।  

रासस 

 

प्रतिक्रिया