Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

मेडिकल कलेजका सञ्चालकविरुद्ध ठगी मुद्दा

शनिबार, ०८ जेठ २०७३

काठमाडौँ, ८ जेठ । जनकपुरस्थित जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश पाण्डेसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  पाण्डेसहित कलेजका सेयर होल्डर समीर ढुङ्गेल र कामेश्वर साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।  

धनुषा प्रहरीले तीनैजनालाई ठगी मुद्दामा नियन्त्रणमा लिएको जनाइएको छ । ठगी मुद्दामा उजुरी परेका तीनैजना जिल्ला प्रहरी कार्यालयमा हाजिर भएपछि नियन्त्रणमा लिइएको धनुषाका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।  प्रहरीले तीनैजनालाई शुक्रबार जिल्ला अदालत धनुषामा हाजिर गराई अनुसन्धानका लागि सात दिन म्याद थप गराएको उनले बताए ।  

कलेजमा अध्ययनरत विद्यार्थीसँग ठगी गरेको भन्दै जानकी मेडिकल कलेजका सञ्चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा २०७१ सालमा उजुरी परेको थियो । 

उनीहरुले अध्ययनरत विद्यार्थीको रु चार करोड रकम ठगी गरेको विद्यार्थीले आरोप लगाएका छन् । लामो समयसम्म पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीले भर्ना शुल्क फिर्ताको माग राख्दै ठगी आरोपमा उजुरी दर्ता गराएका थिए ।  

उजुरी दर्ता भएपछि फरार रहेका उनीहरु प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका थिए ।

रासस 

 

प्रतिक्रिया