Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

ठगी गर्ने कन्सल्टेन्सीको सङ्ख्या बढ्यो 

शुक्रबार, ०७ जेठ २०७३

काठमाडौँ, ७ जेठ । विदेश पठाइदिने बहाना बनाएर ठगी गर्ने कन्सल्टेन्सीको सङ्ख्यामा वृद्धि भएको छ ।  महानगरीय अपराध महाशाखाको तथ्याङ्कअनुसार गत आवमा १०० भन्दा कम निवेदन परेकामा यस आवमा १८० निवेदन परेको छ । 

कन्सल्टेन्सी ठगी ४४, बिचौलियामार्फत ठगी २२, म्यानपावर ठगी १२ तथा ट्राभल एजेन्सीमार्फत ठगीका तीनवटा निवेदन परेको छ ।  यस्तै ३८ निवेदकलाई मिलापत्र गराएर पठाएको र बाँकी ६१ निवेदन अनुसन्धानका क्रममा रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

“यस वर्ष कन्सल्टेन्सीको सङ्ख्यामा वृद्धि भएको छ, महाशाखा सक्रिय रहेकाले गत वर्षको तुलनामा सङ्ख्या बढेको हो,” उनले भने ।  पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरु ठगिने गरेको सूचना धेरै आउन थालेपछि प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ । 

रासस 

 

प्रतिक्रिया