Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

महँगीविरुद्ध नेविसंघको प्रदर्शन

शुक्रबार, ०७ जेठ २०७३

काठमाडौँ, ७ जेठ । सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले बिहीबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।  प्रदर्शनकारीले ‘उखान टुक्काले चुल्हो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनी मार्गबाट सुरु भएको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । 

कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेताले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले सरकारले आफ्ना माग नसुनेमा आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत दिएका थिए । 

नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले यही जेठ १० गते बिहान ८ बजे एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गर्ने निर्णय भएको बताए । रासस 

 

प्रतिक्रिया