Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

रेडियो कार्यक्रम संघीयतामा शिक्षा प्रशारण हुँदै, अनलाईन र एपमा पनि सुन्न सकिने

बुधबार, ०५ जेठ २०७३

काठमाडौं - रेडियो कार्यक्रम संघीयतामा शिक्षा फेरी प्रशारण हुने भएको छ । देश संघीय संरचनामा गइसकेको सन्दर्भमा आवश्यक शिक्षा नीति र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा केन्द्रीत रहेर कार्यक्रम निर्माण गरिएको हो ।

यूनेस्को काठमाडौंको सहयोगमा एडुखबर डटकमले तयार पारेको उक्त कार्यक्रम देशका विभिन्न सात प्रदेशका एक एक तथा काठमाडौं उपत्यकामा एक गरी ८ वटा एफएम रेडियो स्टेशनबाट प्रशारण हुने छ । सातै प्रदेशमा एकै पटक हरेक बिहीबार बिहान साढे सात बजे देखि र काठमाडौं उपत्यकामा बिहीबार विहान आठ बजे देखि कार्यक्रम प्रशारण हुने छ ।

दोश्रो चरणको पहिलो कार्यक्रम जेठ ६ गते बिहीबार विहान प्रशारण हुने छ ।

प्रदेश नम्बर सातमा रेडियो पश्चिम टुडे धनगढी, प्रदेश नम्बर ६ मा रेडियो जाजरकोट, प्रदेश नम्बर ५ मा कृष्णसार एफ एफ नेपालगञ्ज, प्रदेश नम्बर ४ मा रेडियो तरंग, पोखराबाट प्रशाारण कार्यक्रम प्रशारण हुने छ । यस्तै प्रदेश नम्बर ३ मा रेडियो त्रिवेणी, भरतपुर, प्रदेश नम्बर २ मा रेडियो जनकपुर, प्रदेश नम्बर १ मा रेडियो पूर्वेली आवाज, विराटनगर र काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चारबाट प्रशारण हुने छ ।

रेडियो स्टेशनका अलावा उक्त कार्यक्रम www.edukhabar.com र एण्ड्रोईड एप edunepal बाट जुनसुकै बेला सुन्न सकिने छ ।

संस्थाले यस अघि पहिलो चरणमा गत बर्ष असारमा यो कार्यक्रम सञ्चालन गरेको थियो ।

'संघीय राज्य निर्माणका लागि राजनीतिक छलफल र निकासको उपाय खोजि हुँदै गर्दा हामीले यो कार्यक्रम शुरु गरेका थियौं' एडुखबरका सम्पादक श्रीधर पौडेलले भने, 'उतिखेर संविधान बनिसकेको थिएन अब त देश संघीय संरचनामा प्रबेश गरिसकेको सन्दर्भ छ, शिक्षाका मुद्धालाई अझै घनिभूत छलफल गर्न आवश्यक ठानेर नै हामीले फेरी कार्यक्रम प्रशारण शुरु गरेका हौं ।'

पहिलो चरणमा मूलुक संघीयतामा गएपछि के गर्ने भन्ने विषयमा केन्द्रित रहेको र यो चरणमा अब गर्नु पर्ने कामका सन्दर्भमा केन्द्रित हुने उनले बताए ।

प्रकाशित मिति २०७३ जेठ ५ गते

प्रतिक्रिया