Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

बगाएको विद्यालयलाई अमेरिकाको कमाइ

मंगलबार, ०४ जेठ २०७३

काठमाडौँ, ४ जेठ । अमेरिकाको कमाईले जुरे पहिरोमा बगाएको विद्यालयको भवन निर्माण गरिएको छ । दुई वर्ष अघि पहिरोले बगाएको वनसाँघु माध्यमिक विद्यालयलाई अमेमिरका बस्दै आएका नेपालीको सहयोगमा बनेको सभाहलसहित ८ कोठ नयाँ हस्तान्तरण गरिएको छ । २०७१ साउनको मध्यरतामा सुनकोसी थुनिने गरी गएको पहिरोले उक्त विद्यालयको सवै भवन बगाएको थियो । भवन बगाएपछि अस्थायी छाप्रो र टहरामा पढ्दै आएका बालबालिकाले दुई तले पक्की भवन पाएका छन् । 

उक्त भवन सिन्धु युएसए वेलफेयर सोसाईटीका अध्यक्ष वंशलाल तामाङले स्थानीयलाई हस्तान्तरण गरेका छन् । भवन निर्माणका लागि तामाङको पहलमा अमेरिका बस्दै आएका नेपाली तथा विभिन्न संघसस्थाले करिव ३५ लाख उपलब्ध गराइएको थियो । पहिरो गएको थाहा पाउने बितिक्कै रकम संकलन गरेका थियौं, अध्यक्ष्य तामाङले भने, विदेशमा बसेर पनि आफ्नो मुलुकको दुखमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त रकमा अमेरिकामा क्रियाशील विभिन्न २४ संघसस्थाले उपलब्ध गराएका थिए । वेलफेयरका अध्यक्ष तामाङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलाराम श्रेष्ठ तथा प्रधानाध्यापक बलाराम तिमल्सिनालाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष तथा सञ्चारकर्मी नेत्र तामाङको संयोजनमा विद्यालयलाई हस्तान्तरण गर्ने सम्झौता भए अनुसार सहयोग उपलब्ध गराईएको हो । प्रअ तिमिल्सनाका अनुसार भवन निर्माणमा करिव ४९ लाख खर्च भएको छ । भवन निर्माण पूरा हुनै लाग्दा अघिल्लो बैशाखमा आएको भूकम्पले पुनस् क्षति पुर्‍याएको थियो । पुननिर्माणका कारण अनुमान गरे भन्दा बढी रकम खर्च भएको थियो । 

विपन्न वर्गका जनजाति समुदायका बलबालिकाको बाहुल्यता रहेको उक्त विद्यालयलाई विभिन्न समाजिक संघसस्था तथा व्यक्तिले सहयोग गर्दै आएका छन् । विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत विभिन्न छात्रवृत्ति कोष स्थापना गरिएको छ । भवन निर्माणको अवसरमा विद्यालयका बालबालिकाले नाचगान गरेर खुशी मनाएका छन् । खुशी मानाउन अभिभावक तथा विद्यालय आसपासका बासिन्दा भेला भएका थिए । पहिरोमा परेर उक्त विद्यालयका ३१ जना बालकालिकाको मृत्यु भएको थियो । पहिरोमा बालबालिकासहित एक सय ४५ जनाको मृत्यु भएकोमा ३७ जनाको मात्र शव फेला परेको थियो । पहिरोमा परेर सर्वश्व गुमाएका पीडितले भने अहिलेसम्म सरकारी राहत पाएका छैनन् । दाताले दिएको २ करोड २४ लाख अझै सरकारी खातामा रहेको छ । सुनकोसी थुनिँदा बनेको ताल ३७ दिन पछि खलेको थियो । तालमा अझै घरहरु डुबिरहेका छन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया