Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

सङ्घीय संरचनामा शिक्षा नीतिबारे बहस

मंगलबार, ०४ जेठ २०७३

काठमाडौँ, ४ जेठ ।  सङ्घीय संरचनामा बनाउनुपर्ने शिक्षाको संरचना र गर्नुपर्ने सुधारको दिशाबोध गर्दै धनगढीमा सात नं प्रदेश (सुदूरपश्चिमाञ्चल) स्तरीय शैक्षिक सम्मेलन आइतबार सम्पन्न भएको छ । 

देश सङ्घीय संरचनामा गइसकेपछि त्यसअनुरुपको शैक्षिक नीतिका साथै यसको पुनःसंरचना गर्नुपर्ने निष्कर्ष सम्मेलनले निकालेको छ ।   गोष्ठीका सहभागीले निजी र सरकारी विद्यालयको शैक्षिकस्तर एवम् गुणस्तर असमान रहेको परिप्रेक्ष्यमा सङ्घीय संरचनामा कम्तीमा पनि प्राथमिक तहसम्मको शिक्षामा समानता हुनुपर्ने सुझाव दिएका छन् ।  

सरोकारवालाले वर्तमान शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा विभिन्न विकृति विसङ्ति देखिएकाले शिक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएका थिए ।   सम्मेलनमा संसद्को शिक्षा उपसमितिका संयोजक डा गणेशमान गुरुङले प्रदेशको आवश्यकताबमोजिम पाठ्यक्रम परिमार्जन हुनुपर्ने बताए । शैक्षिक सुधारका लागि उच्चस्तरीय शिक्षा आयोगको खाँचो रहेको डा गुरुङले जोड दिए ।

सम्मेलनमा आबको शिक्षा नीति संरचनालगायतका विषयमा प्रस्तुत कार्यपत्र माथि सहभागी सरोकारवालाले सुझाव दिएका थिए ।  क्षेत्रीय शिक्षा निर्देशनालय दीपायलको आयोजनमा भएको दुई दिने सम्मेलनमा प्रदेश नं ७ अन्तर्गत रहेका जिल्ला शिक्षा अधिकारी, विभिन्न क्याम्पसका प्राध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, माध्यमिक विद्यालयका प्रधानाध्यापकलगायत सहभागी थिए । रासस

 

प्रतिक्रिया