Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

झण्डै हजार शिक्षक रिटायर्ड हुँदै

सोमबार, ०३ जेठ २०७३

काठमाडौं - ६ महिना भित्रमा ९ सय ३८ शिक्षक रिटायर्ड हुँदै छन् । उमेर हदका कारण अवकास हुन ६ महिना बाँकी रहेका ती शिक्षकलाई उक्त जानकारी सहित शिक्षक किताबखानाले पत्राचार गरिसकेको छ । देशका विभिन्न ५९ जिल्लाका ९ सय ३८ शिक्षकलाई चैत मसान्त भित्रै पत्राचार गरिएको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले जानकारी दिए ।

सेवा अवधि ६ महिना बाँकी रहेका शिक्षकलाई किताबखानाले पत्राचार गर्नु पर्ने शिक्षा नियमावलीमै ब्यवस्था छ । नियमावलीको नियम १ सय २६ घ मा यस्ता शिक्षकलाई पत्राचार गर्ने ब्यवस्था गरिएको छ ।

अवकास हुने समय नजिकिईसकेका शिक्षकले ९ महिना भित्र आफ्नो विवरण बुझाउनु पर्ने ब्यवस्था छ । नियमावलीको नियम १ सय १७ २ मा आफ्नो सेवा अवधि सकिने शिक्षकले ९ महिना अगावै जानकारी दिनु पर्ने ब्यवस्था छ । तर, कतिपय शिक्षकले अटेर गरी जागिर खाईरहने क्रम जारी छ । यस्तो क्रम फेला परेपछि यसलाई निरुत्साहित गर्न भन्दै किताबखानाले त्यस्ता अटेरी शिक्षकबाट उक्त अवधिको रकम समेत असुल उपर गरिसकेको छ ।

पढ्नुहोस् : जागिर नहुँदा पनि तलब खाने शिक्षकबाट ६ करोड असुली

प्रकाशित मिति २०७३ जेठ ३ गते

प्रतिक्रिया