Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

शिक्षा अभियान सञ्चालन

आइतबार, ०२ जेठ २०७३

काठमाडौँ, ३ जेठ । नेपाल धर्म सेवा समिति हंश विभू आश्रम महेन्द्रनगरले विपन्नताका कारण विद्यालय जान नसकेका बालबालिकालाई विद्यालयसम्म पु¥याउनका लागि शिक्षा अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत आर्थिक रुपमा सम्पन्न परिवारका बालबालिकाबाट शैक्षिक सामग्री सङ्कलन गरी विपन्नता भएका बालबालिकालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

समितिले कञ्चनपुरका सबै विद्यालयमा पुगेर शैक्षिक सामग्री सङ्कलन गरी शैक्षिक सामग्री अभावकै कारण विद्यालय जानबाट वञ्चित रहेका बालबालकाको खोजी गरी सामग्री उपलब्ध गराउने योजना बनाएको समितिका कोषाध्यक्ष उत्तर देव भट्टले बताए । अभियान सञ्चालन गरिएको दुई दिनको अवधिमा २३८ थान अभ्यास पुस्तिका, १४६ थान डटपेन, १४३ थान पेन्सिल, ९२ थान इरेजर र २५ थान पेन्सिल कटर सङ्कलन गरिएको छ । 

आर्थिक रुपमा विपन्न, असहाय, दलित र अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि अभियानले टेवा पु¥याउने लक्ष्य लिएको छ । 

रासस 

 

प्रतिक्रिया