Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

प्रमाणपत्र धितो राखेर ऋण दिने प्रक्रिया अघि बढाउन अनेरास्ववियुद्धारा प्रदर्शन 

शनिबार, ०१ जेठ २०७३

काठमाडौँ – एमाले निकट अनेरास्ववियुले आफ्नो ५२ औ स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा प्रमाणपत्रसहित विद्यार्थीलाई सहुलियत ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढाउन माग गरेको छ ।  शनिबार बिहान प्रर्दशनी मार्गबाट हातमा प्रमाणपत्र बोकेर विद्यार्थीहरुले सहिद गेट, न्युँरोड हुँदै बसन्तपुरसम्म प्रदर्शन गरेका थिए । 

बसन्तपुर पुगेपछि कोणसभामा परिणत भएको सभामा विद्यार्थी सहुलियतमा ऋण उपलब्ध गराउन माग गरे ।  सरकारले विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक तथा व्यावसायिक ऋण उपलब्ध गराउने नीति तथा कार्यक्रम सार्वजनिक गरेपनि यसको प्रक्रिया कस्तो हुने भन्ने विषयमा मन्त्रालयले कुनै काम अघि बढाएको छैन् ।  

सोहीका लागी दबाब दिन अनेरास्ववियुले सडक प्रदर्शन गरेको हो । अनेरास्ववियु अध्यक्ष नवीना लामाले विद्यार्थीलाई सहुलियतपूर्ण ऋण दिन सरकारले नीति तथा कार्यक्रममा समेटेको भन्दै यो कार्यान्वयनमा चुनौति रहेको बताइन् ।  

उनले यो कार्यक्रममा कामर्यक्रममै सीमित हुन नदिने भन्दै यसको कार्यान्वयनका लागी संगठनले निरन्तर दबाब दिइरहने बताइन् ।  अनेरास्ववियुको पहिलो पुर्ण बैठक आइतबारदेखि काभ्रेको धुलिखेलमा शुरु हुदैछ ।

प्रकाशित मिति २०७३ जेठ १ गते । 

 

प्रतिक्रिया