Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

पियनका भरमा विद्यालय

शनिबार, ०१ जेठ २०७३

काठमाडौँ, १ जेठ । शिक्षकको लापरबाहीका कारण ताप्लेजुङ बेचम्बु गाविसको श्री ज्याति सामुदायिक विद्यायको विद्यार्थीको पढाइ अन्योल भएको छ ।  जिल्ला सदरमुकादेखि तीन घन्टाको दूरीमा पर्ने यस विद्यालयमा तीनजनाको दरबन्दी रहे पनि शैक्षिक सत्र सुरु भएयता कार्यालय सहयोगीको भरमा विद्यायल सञ्चालन भइरहेको  छ । 

विद्यालयका प्रधानाध्यापक रहेका शिक्षक कुमार दाहाल विद्यालयको कामभन्दा अन्यत्र काममा जाने गरेका कारण विद्यार्थीसमेत विद्यालय आउन छाडेको विद्यालयका कार्यालय सहयोगी रोमा राईले बताइन्।

प्रधानाध्यापक कहिलेकाहीँ विद्यालय आउदा पनि विद्यालयमा दिनभर नबस्ने गरेको स्थानीय केशव पौडेल बताउँछन्।

(राजधानी दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया