Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

बाह्र विद्यालयमा लैङ्गिकमैत्री योजना

शनिबार, ०१ जेठ २०७३

काठमाडौँ, १ जेठ   । पाँच गाविसका १२ विद्यालयले लैङ्गिकमैत्री योजना बनाउने भएका छन् ।  भूकम्पपछि विद्यालयको संरचना समेत क्षतिग्रस्त भएका अवस्थामा पनि सामाजिक समावेशीकरणका आधारमा काम गर्ने जनाउँदै सल्यानटार, सलाङ, बसेरी, जोगीमारा र सुनौलाबजार गाविसमा रहेका विद्यालय लैङ्गिकमैत्री विद्यालय सुधार योजना बनाउन लागि रेका ह्न् । 

जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डेले विद्यालय सुधार योजना अध्यावधिक गर्नेसम्बन्धी कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै विद्यालय सुधार योजनाले शैक्षिक गुणस्तरमा वृद्धि गर्ने बताए ।

हाल विद्यालयमा भएको विद्यालय सुधार योजना नाम मात्रको भएको र अब यसलाई अध्यावधिक गर्दा विद्यालय व्यवस्थापन समिति, शिक्षक, बालबालिका, अभिभावक, महिला तथा अन्य वर्गको सहभागिता गराई निर्माण गर्ने यसलाई विद्यालयको साझा योजनाका रुपमा अघि बढाउने विद्यालयका प्रधानाध्यापक प्रतिबद्ध भएका छन् । 

डिएफआइडी र भिएसओको सहयोगमा आसमान नेपालले सञ्चालन गरेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रममा आबद्ध विद्यालयमा विद्यालय सुधार योजनालाई अध्यावधिक गरी लैङ्गिकमैत्री तथा सामाजिक समावेशीकरण सहयोग गर्दै आएको छ ।  विद्यालयका प्रधानाध्यापक सहभागी कार्यक्रमलाई विद्यालय निरीक्षक रामचन्द्र इटनीले सहजीकरण गरेका थिए ।  

हालका दिनमा विद्यालयमा शिक्षकसङ्ग पाठ्यक्रम नहुने, त्रैमासिक परीक्षा भनेर चार महिनामा परीक्षा लिने जस्ता क्रियाकलापले विद्यालयको गुणस्तर शिक्षामा टेवा नपुगेकाले वास्तविकतामा आधारित योजना बनाई लागु गराउन सहयोग गरिएको आसमान नेपालका जिल्ला संयोजक रोजिना श्रेष्ठले बताए ।  रासस 

 

प्रतिक्रिया