Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यालयमा फुलकुमारीको १ करोड ६० लाख !

मंगलबार, २८ बैशाख २०७३

काठमाडौँ, २९ बैशाख । भूकम्पबाट क्षतिग्रस्त भएको सिन्धुलीको श्री माध्यामिक विद्यालयको पुननिर्माणका लागि फुलकुमारी महतो मेमोरियल ट्रष्टले आर्थिक सहयोग गरेको छ।  मंगलबार सिन्धुलीको पिपलभन्याङमा पूर्वप्रधानमन्त्री माधव नेपालले विद्यालयको शिल्यान्याश गरे।  

फुलकुमारी महतो मेमोरियल ट्रष्टको १ करोड ६० लाख आर्थिक सहयोगमा बन्न लागेको विद्यालयको पूर्वप्रधानमन्त्री नेपालले शिल्यान्याश गरेका हुन्। सो अवसरमा नेता नेपालले भूकम्पले क्षतिग्रस्त भएको विद्यालय पुननिर्माण गरेर फुलकुमारी ट्रष्टले राम्रो काम गरेको बताए। ुमुलुक पुननिर्माणको चरणमा रहेको बेला विद्यालयको पुननिर्माण गरेर फुलकमारी ट्रष्टले राम्रो काम गरेको छ,ु उनले भने।

कार्यक्रममा फुलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष एवं सांसद वीरेन्द्र महतोले समाज सेवा गर्न स्थापना भएको ट्रष्टले विद्यालयको पुननिर्माणमा सानो सहयोग गरेको बताए। उनले ट्रष्टले मन्दिर बनाएको भन्दै यसबाट भगवान उत्पादन गर्नुपर्ने बताए। उनले ट्रष्टमार्फत समाजसेवाका अन्य काम पनि गरिने जानकारी दिए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया