Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

अस्थायी शिक्षक भन्छन् - स्वतः हैन प्रतिस्पर्धाबाटै स्थायी

मंगलबार, २८ बैशाख २०७३

काठमाडौ - लामो समय देखि बल्झिरहेको अस्थायी शिक्षकको मुद्धा फेरी एक पटक चर्चामा आएको छ ।

संसदमा रहेको शिक्षा ऐन संसोधनको प्रकृयामा रहेका बेला अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले आफ्ना समस्या र समाधानका उपायबारे मंगलबार राजधानीमा अन्र्तकृया गरेको छ । उक्त कार्यक्रममा संघर्ष समितिका कार्यवाहक अध्यक्ष हेमनाथ चौलागाईले अस्थायी शिक्षकहरुको विचमा विभेद गरेकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए । आफूहरु स्वतः स्थायी भन्दा पनि सम्मान जनक रुपमा आन्तरिक प्रतिष्पर्घाबाट स्थायी हुन चाहेको उनको भनाई छ ।

कार्यक्रममा सहभागि शिक्षक संघ संगठनका प्रतिनिधिहरुले सबै अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्घाबाट स्थायी गर्ने गरी शिक्षा ऐन संसोधन गर्न माग गरेका छन् । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले मंगलबार गरेको गरेको अन्र्तक्रियामा उनीहरुले त्यस्तो माग गरेका हुन् ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका महासचिव तिलक कुवँरले सबै अस्थायी शिक्षकलाई आन्तरिक प्रतिष्पर्घाबाट स्थायी गर्ने प्रक्रिया सुनिश्चित गर्न संसदमा रहेको ऐनमा संसोधन हालिएको बताए । उक्त संसोधनले अस्थायी शिक्षकको समस्या साधान हुने भन्दै उनले महासंघले हालेको संसोधन सहितको शिक्षा ऐन संसोधन गराउन सबैले आ आफ्नो क्षेत्रबाट लविङ गर्नु पर्ने बताए ।

उनले विगतमा सरकारले गरेको सहमति कार्यान्वयन भएको भए शिक्षा क्षेत्रका सबै समस्या समाधान हुने भन्दै शिक्षा क्षेत्रमा राज्य र राजनीतिक दलहरु संवेदनशिल नभएको आरोप लगाए ।

नेपाल शिक्षक संघका महासचिव राजेन्द्र पौडेलले अस्थायी शिक्षकहरुको मागमा सबै शिक्षक संघ संगठनहरु संवेदनशील भएको भन्दै माग पुरा गराउन चौतर्फी दवावको आवश्यकता रहेको बताए । उनले मुलुकमा शासन र शासक परिवर्तन भए पनि शिक्षा प्रतिको मानसिकतामा कुनै परिवर्तन नभएको दावी गर्दै शिक्षा क्षेत्रको सुधारको लागि शिक्षकका समस्याहरु समाधान हुनु पर्नेमा जोड दिए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव शंकर अधिकारीले राज्यले शिक्षकहरुको विचमा विभेद गरेकोले त्यसका विरुद्ध थालिएको आन्दोलनमा आफुहरुको ऐक्यबद्धता रहेको बताए । सबै मिलेर दवाव दिए अस्थायी सहित सम्पूर्ण शिक्षकहरुको समस्या समाधान हुने उनले विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति २०७३ बैशाख २८ गते

प्रतिक्रिया