Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

अन्यत्र पढाउने प्राध्यापकसँग स्पष्टीकरण

मंगलबार, २८ बैशाख २०७३

काठमाडौँ, २८ बैशाख । त्रिभुवन विश्वविद्यालयले निजी तथा सामुदायिक विद्यालयमा पढाइरहेका १९ जना प्राध्यापकसँग स्पष्टीकरण लिएको छ । त्रिविबाट तलब खाएर विश्वविद्यालयको हितविपरीत व्यक्तिगत फाइदाका लागि अन्यत्र पढाइरहेको पाइएपछि ती प्राध्यापकसँग स्पष्टीकरण लिइएको स्रोतले बताए ।  

त्रिविबाट तलब खाएर अन्यत्र पढाइरहेको भन्ने गुनासो आएको लामो समयपछि त्रिविले पहिलोपटक प्राध्यापकलाई कारबाहीको दायरामा ल्याउन लागेको हो ।  यस्ता प्राध्यापकका बारेमा गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर अन्यत्र पढाइरहेको प्रमाणित भएपछि कारबाहीका लागि त्रिविलाई निर्देशन दिएको थियो ।  

अख्तियारको निर्देशनअनुसार त्रिवि उपकुलपति कार्यालयअन्तर्गत रहेको अनुगमन समितिले प्राध्यापकलाई स्पष्टीकरण लिने र स्पष्टीकरणमाथि अध्ययन गरेर थप कारबाही प्रक्रिया अघि बढाउन कर्मचारी प्रशासन महाशाखालाई अधिकार दिएको छ ।  

पहिलो चरणमा १९ जनालाई स्पष्टीकरणका लागि पत्राचार गरिएको भए पनि त्रिविअन्तर्गत मुलुकभरका क्याम्पसमा कार्यरत एक हजार एक सय प्राध्यापकलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको त्रिविले जनाएको छ । त्रिविअन्तर्गत करिब सात हजार विभिन्न तहका प्राध्यापक कार्यरत छन् ।  त्रिविका एक उच्च अधिकारीले भने, ‘अख्तियारको अनुसन्धानबाट प्रमाणित भएर निर्देशन आएअनुसार केही प्राध्यापकसँग स्पष्टीकरण लिइसकिएको छ ।  

केहीलाई लिने तयारी भइरहेको छ । स्पष्टीकरणमाथि चित्त नबुझेमा सेवाबाट हटाउनेसम्मको कारबाही हुन सक्छ ।ु त्रिविबाट नियुक्तिपत्र लिएका प्राध्यापकले अन्यत्र पढाउनुपर्दा विश्वविद्यालयबाट अनिवार्य रूपमा सहमति लिनुपर्दछ ।  

यसरी सहमति लिँदा प्राध्यापकले आफूले त्रिविको क्याम्पसमा पढाउने सिफ्टसँग समय जुध्नु हुँदैन ।  तर अहिले अन्यत्र पढाइरहेका अधिकांश प्राध्यापकले सिफ्ट जुधे पनि त्रिविका क्याम्पसमा एकदुई पिरियड पढाउने र अन्य समय निजी क्याम्पसमा लगाउने गर्दै आएका छन् ।  

कतिपय प्राध्यापकले त त्रिविकै पदाधिकारीलाई प्रभावमा पारेर विद्यार्थी कम भएका क्याम्पसमा सरुवा हुने र विद्यार्थीलाई पढाउन नपरेपछि आफ्नै कलेजमा मात्र पढाउँदै गर्दै आएको गुनासो छ । 

त्रिविले पहिलो चरणमा कारबाही गर्न लागेका सबै प्राध्यापकले पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउनका लागि नियुक्तिपत्र लिएका छन् । स्पष्टीकरण सोधिएकामा दुईजना प्राध्यापक, आठजना सहप्राध्यापक, दुईजना उपप्राध्यापक तथा सातजना शिक्षण सहायक छन् ।  

स्पष्टीकरण लिइएका प्राध्यापक  

स्पष्टीकरण लिइएकामा प्राध्यापक अक्कलदेव मि श्र ९अमरसिंह उच्चमावि र सेन्ट मेरिज हाइअर सेकेन्डरी स्कुल०, शिक्षण सहायक बाबुराम शर्मा ९अरमसिंह उमावि र बाराही उमावि०, सहप्राध्यापक कुलप्रसाद दाहाल ९अमरसिंह उमावि र सगरमाथा एजुकेसन फाउन्डेसन), शिक्षण सहायक लक्ष्मी सापकोटा (अमरसिंह उमावि) छन् ।  

त्यस्तै सहप्राध्यापक खुमलाल पौडेल (सगरमाथा एजुकेसन फाउन्डेसन), उपप्राध्यापक महेन्द्र आलेमगर (बाराही उमावि), शिक्षण सहायक पवित्रराज बराल (बाराही उमावि), शिक्षण सहायक हरिबहादुर भण्डारी (सृजना उमावि), सहप्राध्यापक कमलराज सापकोटा (एसओएस, स्टेप बाई स्टेप उमावि, पोखरा उमावि र सृजन उमावि), शिक्षण सहायक होमनाथ पाठक ९स्टेप बाइ स्टेप उमावि र पोखरा उमावि) सँग पनि स्पष्टीकरण लिइएको छ ।  

त्यसबाहेक स्पष्टीकरण सोधिएका अन्यमा शिक्षण सहायक यादवराज उपाध्याय (ग्लोबल उमावि) सहायक प्राध्यापक सूर्यबहादुर जीसी (माउन्ट अन्नपूर्ण क्याम्पस), शिक्षण सहायक गिरबहादुर खड्का (राष्ट्रिय उमावि र सगरमाथा एजुकेसन फाउन्डेसन), उपप्राध्यापक लक्ष्मीशरण अधिकारी ९करुणानिधि एजुकेसन फाउन्डेसन र जनप्रिय क्याम्पस), सहप्राध्यापक हुतराज शर्मा (भद्रकाली, गण्डकी आवासीय र राष्ट्रिय उमावि), सहप्राध्यापक प्रकाश उपाध्याय (भद्रकाली बहुमुखी क्याम्पस) छन् ।  

सहप्राध्यापक डा. कुसुमाकर न्यौपाने (भद्रकाली क्याम्पस), प्राध्यापक डा. चन्द्रबहादुर थापा (पोखरा मल्टिपल उमावि) र सहपाध्यापक डा. यदुनन्दन उपाध्याय (पोखरा मल्टिपल उमावि) सँग पनि स्पष्टीकरण सोधिएको छ ।

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया