Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

भूकम्पग्रस्त विद्यालयलाई जस्तापाता वितरण

मंगलबार, २८ बैशाख २०७३

तनहुँ, २८ वैशाख । चिल्डे«न नेपालले तनहुँको सिमाना नजिक पर्ने गोरखाको पालुड्गटार गाविसमा रहेका पाँच भूकम्पग्रस्त विद्यालयलाई करिब रु चार लाख २७ हजार बराबरको जस्तापाता उपलब्ध गराएको छ । 

बिल्ड हिल्र्ट इभी इन हर्ज फि किन्डरको सहयोगमा चिल्ड्रेन नेपालले आइतबार पालुङ्टारका बाल कल्याण निम्न माध्यमिक विद्यालय, सलाङगिरी प्रावि, धर्मावती प्रावि, सरस्वती प्रावि र जनजागृति प्राविलाई जस्तापाता उपलब्ध गराएको हो । 

उक्त विद्यालयमा आयोजित जस्तापाता हस्तान्तरण कार्यक्रममा विद्यालयलाई जस्तापाता हस्तान्तरण गर्नुहुँदै लुइटेल स्रोत केन्द्रका स्रोतव्यक्ति रामकाजी अधिकारीले भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालय पुनःनिर्माण नहुँदा विद्यार्थीलाई अध्ययनमा समस्या भइरहेको बताए । उनले जस्तापाताले भवन निर्माण कार्यका लागि केही हदमा भए पनि सहयोग पुग्ने धारणा व्यक्त गरे । 

जिल्ला शिक्षा कार्यालय गोरखाको सिफारिसमा भूकम्पबाट क्षतिग्रस्त भएर पुनःनिर्माण गर्नुपर्ने अवस्थाका विद्यालय छनोट गरेर चिल्ड्रेन नेपालले जस्तापाता उपलब्ध गराएको चिल्ड्रेन नेपालका अध्यक्ष रामबहादुर थापाले बताए ।

कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र पौडेल, संस्थापक सदस्य भीमलाल गुरुङ, नेकपा (एमाले)का प्रतिनिधि हरि काफ्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रासस 

 

प्रतिक्रिया