Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

तीन निजी विद्यालयको अनुगमन

मंगलबार, २८ बैशाख २०७३

काठमाडौँ, २८ वैशाख । सरकारले सोमबारदेखि निजी विद्यालयको अनुगमन सुरु गरेको छ ।   शिक्षा मन्त्रालयको अगुवाइमा निजी विद्यालयको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका–२०६९ बमोजिम सञ्चालन भए÷नभएका बारेमा अनुगमन गरिएको हो । 

पहिलो दिन मन्त्रालयले काठमाडौँ उपत्यकाका तीन निजी विद्यालयमा अनुगमन गरेको छ ।  शिक्षा विभागका महानिर्देशक खगराज बराल, मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्साल र क्षेत्रीय निर्देशक दिनेश श्रेष्ठको तीन समूहले छुट्टाछट्टै तीन विद्यालयमा अनुगमन गरेका हुन् । 

महानिर्देशक बरालको समूहले लोकन्थलीस्थित मातृभूमि स्कुल, मन्त्रालयका प्रवक्ता डा. लम्सालको समूहले नक्सालस्थित बृहस्पति विद्या सदन र क्षेत्रीय निर्देशक श्रेष्ठको समूहले वनस्थलीस्थित सिद्धार्थ वनस्थली स्कुलको अनुगमन गरेका हुन् । 

अनुगमन समितिले छुट्टाछुट्टै रुपमा गरेको अनुगमनमा मासिक शुल्क, पाठ्यक्रम, छात्रवृत्ति, कक्षाकोठाको अनुगमन गरेको महानिर्देशक बरालले जानकारी गराए । 

‘‘हामीले पहिलो दिन तीन विद्यालयको अनुगमन ग¥याँै । अनुगमन गरिएका विद्यालयको तथ्याङ्क सङ्कलन गरेका छौँ”, उनले भने, “सबै विद्यालयको अनुगमन गरिसकेपछि विश्लेषण सहित रिपोर्ट सार्वजनिक गर्छांैँ ।” महानिर्देशक बरालले मातृभूमि विद्यालयको अनुगमन गर्दा छात्रवृत्ति तोकिएको कोटा वितरण नगरेको पाइएको बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. लम्सालले १५ विद्यालयमा अनुगमन गरिने जानकारी गराउनुभयो । “एउटा समूहले पाँच वटा विद्यालयको अनुगमन गर्ने भएका छौँ । करिब १५ विद्यालयको अनुगमन गर्ने तयारीमा छौँ”– उनले भने । अनुगमन मङ्गलबार पनि निरन्तरता दिइने छ । मापदण्ड विपरीत निजी विद्यालयले मनपरी शुल्क उठाएको पाइएपछि मन्त्रालयका सहसचिवको नेतृत्वमा विद्यालय अनुगमन गरिएको हो । 

अनुगमनमा मन्त्रालय , विद्यार्थी सङ्गठन र अभिभावकका प्रतिनिधि सहभागी थिए ।

रासस 

 

प्रतिक्रिया