Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विपन्न छात्रालाई साइकल उपहार

सोमबार, २७ बैशाख २०७३

काठमडौँ, २७ बैशाख । घरबाट विद्यालय टाढा भएकै कारण शिक्षाबाट टाढिने विपन्न समुदायका छात्राहरुलाई जानकी महिला जागरण समाजले साइकल बाँडेको छ।  धनुषाका ५ सय छात्रालाई साइकल वितरण गर्ने जनाएको समाजले संस्थाको २४ औं वार्षिकी अवसर पारेर पहिलो पटक धनुषा कुर्थास्थित राजर्षीजनक उच्च माविका ९ जना छात्रालाई वितरण गरेको हो। 

शनिबार एक समारोहबीच विद्यालय परिसरमै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी दिलिप चापागाइँले उच्च शिक्षासम्म पुग्ने शुभकामना दिए।  प्रजिअ चापागाइँले महोत्तरी महदैयातपनपुरकी चञ्चलाकुमारी साह, मनिषाकुमारी यादव, सुरुचीकुमारी यादव, प्रणिताकुमारी राय, रबिनाकुमारी साह, सिमाकुमारी सहनी, नदिना खातुन, मनिषाकुमारी यादव र निरजकुमारीलाई साइकल बाँडेका हुन् । नयाँ साइकल पाएपछि अबउपरान्त कहिले विद्यालय नछाड्ने उनीहरुले बताए। 

घरबाट तीन किलोमिटर भन्दा बढी दुरीमा विद्यालय पर्ने विपन्न परिवारका छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण थालिएको समाजकी अध्यक्ष तुलसा आचार्यले बताइन् ।  विद्यालय टाढा हुँदा भौतिक तथा समाजिक बाधाको कारण पढाई नै छाड्नुपर्ने अवस्थालाई ध्यानमा राखेर यो अभियान थालेका हौुं आचार्यले भनिन्, ुसाइकल किन्ने पैसा जुटाउन नसक्ने परिवार र विद्यालय जान साइकल नभइ नहुने छात्रालाई पहिचान गरी प्राथमिकतामा राखेर अभियान सुरु गरिएको हो ।' समाजले बालिका शिक्षामा पहुँच बढाउने उदेश्यले दुई वर्षमा ५ सय जना छात्रालाई उपहार स्वरुप साइकल वितरण गर्ने योजनामा रहेको आचार्यले बताइन् । 

यसका लागि अनलाइन क्राउड फन्डिङ प्रविधिबाट १० देखि १ सय डलरसम्म चन्दा संकलन थालिएको बताउँदै उनले थपिन्, ुतराई भेगका छात्राहरुमा शिक्षाको पहुँच अभिवृद्धि गर्ने अभियानले नेपालमै बस्ने नेपाली, विदेशमा काम गर्ने नेपाली र केही विदेशी नागरिकहरुले समेत स्वःस्फूर्त रुपमा सहयोग गरिरहेका छन् ।ु अहिलेसम्म ५ हजार ३ सय ९१ डलर संकलन भएको उनले बताइन् । 

ु२४ वर्षसम्म तराई भेगमै काम गरेको अनुभवले खासगरी छात्राहरु परिवारको गरिबी तथा साधनस्रोतको अभावमा आफ्नै कारणले पनि कक्षा नियमित गर्न नसक्नु ठूलो समस्या रहेको देखियोु निर्देशक राजन नेपालले भने, ुयस्तो अवस्थामा प्रत्यक्ष दाता नभएपनि समाजिक सञ्जालको सदुपयोग गरी नागरिकको सहयोग लिन सकिन्छ भनेर पवित्र अभियान थालेका हौं ।ु उनले यो अभियानलाई स्वागत र सहयोग गर्ने उत्साहित भएको दावी गरे । 

दुई महिनामा संकलन भएको रकमले तत्काल ९ जना छात्रालाई साइकल बाँडेको र अभियानप्रति सहयोगीको सकारात्मक साथ भए निर्धारित समयमा धेरै छात्रालाई सहयोग गर्न सकिने उनको भनाई थियो।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया