Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षालाई ज्ञापन पत्र

बुधबार, २२ बैशाख २०७३

काठमाडौँ, २२ बैशाख । एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पाठ्यपुस्तक समयमै उपलब्ध गराउन माग गर्दै मंगलबार जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झालाई ज्ञापनपत्र बुझाएको छ । 

संगठनले ६ र ७ कक्षाका कुनै पनि पाठ्यपुस्तक उपलब्ध नभएको र अन्य कक्षाको पाठ्य पुस्तक पनि पूरा उपलब्ध नभएको भन्दै जनक शिक्षाको ध्यानाकर्षण गराएको हो ।  संगठनले अन्तर्राष्ट्रिय प्रचलनअनुसार बालबालिकामैत्री रंगीन पाठ्यपुस्तक छपाई गरिनुपर्ने माग राखेको नेता विजय गौतमले जानकारी दिए । 

ज्ञापनपत्र बुझाउदै संगठन अध्यक्ष रमेश मल्लले पाठ्यपुस्तक समयमै उपलब्ध नगराए कडा संघर्षमा उत्रिने चेतावनी दिए ।  जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले भूकम्प, नाकाबन्दी र बजेट अभावका कारण समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको स्वीकार्दै कक्षा ६ र ७ को पाठ्यपुस्तक बैशाखभित्रै सबै जिल्लामा पुर्‍याउने प्रतिबद्धता जनाए । 

उनले शिक्षा मन्त्रालयले बजेट दिएमा रंगीन पाठ्यपुस्तक छपाउन केन्द्र तयार रहेको बताए ।  संगठनका प्रवक्ता सुरेन्द्र बस्नेतले ज्ञापनपत्र बाचन गरेपछि अध्यक्ष मल्लले प्रबन्ध सञ्चालक झालाई ज्ञापन बुझाएका थिए । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया