Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो

बुधबार, २२ बैशाख २०७३

काठमाडौँ, २२ बैशाख । नेकपा माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकलाई कालोमोसो दलेका छन् । उनको कार्यकक्षमै बिद्यार्थीले कालोमोसो दलेका हुन । 

जिल्ला शिक्षा कार्यालयले बारम्बार ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउनुका साथै सचेत गराउदै आएपनि नीति बिपरीत काम गर्दै आएकाले कारबाहीस्वरुप कालोमोसो दलेको विद्यार्थी संगठनको भनाइ छ । कालोमोसो दलेका बिद्यार्थीहरु फरार छन् । फरार रहेका बिद्यार्थीको प्रहरीले खोजी गरिरहेको छ । 

उनीहरुले बिज्ञप्तीमा जिल्ला शिक्षा कार्यालयले भबन निर्माणमा अनियमितता, मनोमानी ढंगबाट योजना बाँडफाँड, ट्रस्ट निर्माण सामग्री खरिदमा कमिसन, शिक्षक नियुक्तिमा निरीक्षकको हस्तक्षेप, खेताला शिक्षक तथा गैरहाजिरीमा रहेका शिक्षकलाई कारबाही नगरेको , पीसीएफ दरबन्दी भनसुनका आधारमा राखिएको आरोप लगाइएको छ । 

बिद्यार्थीहरुले कालोमोसो दलेको भन्दै जिल्ला शिक्षा अधिकारी रजकले किटानी जाहेरीसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन । उनले उजुरी दिएपछि खोजीको लागि अनुसन्धानको बिशेष टोली खटाइएकोसहायक प्रजिअ रमेश पाण्डेले बताए । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया