Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

नीजिले लिने शुल्कमा विद्यार्थी संगठनको कडाई, १३ वटा अनुगमन समिती

मंगलबार, २१ बैशाख २०७३

काठमाडौँ – सरकारले जारी गरेको शुल्क मापदण्ड निर्देशिकालाई अटेर गर्दै विद्यार्थी भर्नाका नाममा नीजि विद्यालयले लिने चर्को र मनोमानी शुल्कलाई विद्यार्थी संगठनले कडाई गर्ने भएका छन् । सोमबार विभिन्न विद्यार्थी संगठनको नेविसंघ कार्यालयमा बसेको सयुँक्त विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको हो ।

विभिन्न १३ वटा अनुगमन समिति बनाएर भोली बुधबारबाटै कडाइका साथ नियमन शुरु गरिने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । ‘अब हामी चुप लागेर बस्दैनौँ । सरकारले अनुगमन गरेन भनेर हात बानेर बस्नुको साटो आफै अनुगमनमा लाग्ने निर्णय गरेका हौँ ।’ उनले भने ।

अनुगमनको शूरुवात ठुला भनिएका विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने विद्यालयबाट शुरु गरिने पनि उनले जानकारी दिए । यसका साथै विद्यार्थी संगठनले गत बैशाख १० गते भएको सहमति कार्यान्वयन गर्न पनि दबाब दिने निर्णय गरेका छन् । 

उनीहरुले शिक्षामा बजेट कम भएको र नयाँ आर्थिक बर्षमा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई प्रत्यक्ष आग्रह गर्ने पनि निर्णय गरेका छन् । बैठकमा नेविसंघका अध्यक्ष रञ्जित कर्ण, प्रवक्ता आरसी लामिछाने, अनेरास्ववियुका अध्यक्ष नविना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रमेश मल्ल लगायतको उपस्थिती थियो । 

प्रकाशित मिति २०७३ बैशाख २१ गते

प्रतिक्रिया