Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

पूर्वी क्षेत्रमा पुस्तकको अभाव कायमै

मंगलबार, २१ बैशाख २०७३

काठमाडौँ २१, वैशाख । वैशाखको पहिलो सातादेखिनै नयाँ सत्र सुरु भइसक्दा पनि पूर्वी क्षेत्रमा कक्षा ६ र ७ को पाठ्यपुस्तकको अभाव यथावत रहेको छ ।  जनक शिक्षा सामग्री केन्द्रीय कार्यालय, सानोठिमीद्वारा छपाइका साथै वितरण हुने गरिएका पुस्तकमा कक्षा ६ र ७ का पुस्तकको व्यापक अभाव देखिएको हो । सो केन्द्रले पुस्तकको छपाइ र वितरणमा ढिलाइ गरेका कारण विद्यार्थी विचल्लीमा परेका छन् ।

कक्षा ६ देखि कक्षा १० सम्मको पुस्तक सो केन्द्रमा छपाइ हुने गर्दछ । सोमध्ये कक्षा र ६ र ७ को पुस्तकको मात्र अभाव देखिएको हो ।  सामुदायिक विद्यालयमा सोही केन्द्रमा छपाइ हुने सबै नौ विषयको किताब नै पढाइ हुने गर्दछ भने आवासीय विद्यालयमा अङ्ग्रेजी र नेपाली विषयको पढाइ हुने गरिन्छ ।

विराटनगरस्थित पुस्तक पसलका सञ्चालक माधव अधिकारीले खासगरी कक्षा र ६ र ७ को नेपाली र अङ्ग्रेजी पुस्तकका लागि विद्यार्थी भौतारिरहेको अवस्थामा जनक शिक्षालाई अविलम्ब समस्या समाधानका लागि तत्पर हुन सुझाव दिए ।

रासस

प्रतिक्रिया