Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

पाठ्यक्रममा छलफल, विद्यार्थीको हातमा कस्तो पुस्तक दिने ?

मंगलबार, २१ बैशाख २०७३

काठमाडौँ, २१ वैशाख । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै पाठ्यक्रम विकास केन्द्रले आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीले समयमा नै विद्यार्थीको हातमा पुस्तक पुग्नुपर्नेलगायतका सुझाव दिएका छन् ।  सोमबार एक कार्यक्रम गरी केन्द्रले सञ्चारकर्मीसँग सुझाव लिने क्रममा सञ्चारकर्मीले विद्यालयका पुस्तक प्रकाशनका लागि अधिकार पाएकाको गुणस्तर तथा इमान्दारिताको केन्द्रले अनुगमन गर्नुपर्ने, पाठ्यक्रम परिवर्तन समयानुकूल हुनुपर्ने, पाठ्यपुस्तक लागू भइसकेपछि आएका तथ्याङ्कीय तथा अन्य अपडेट मोबाइल एप्समार्फत शिक्षकमाझ पु¥याउनुपर्नेजस्ता सुझाव दिएका थिए ।

केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले भने– “शैक्षिक क्षेत्रसँग सम्बद्ध सरोकारवालाबाट सुझाव लिने कार्यको सुरुवात हामीले पत्रकारबाट गरेका छौँ । प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार पार्छौं, जसले हामीलाई आगामी दिनमा प्रभावकारी रुपले आफ्ना गतिविधि सञ्चालन गर्न सघाउ पु¥याउने विश्वास लिएका छौँ ।”

कार्यक्रममा शैक्षिकसत्र २०७३ बाट कक्षा ९ र २०७४ बाट १० मा अनिवार्य छ विषयका नयाँ पाठ्यपुस्तक लागू गरिएको, दुवै कक्षाका प्राविधिक विषयमा परिमार्जन तथा सङ्गीत शिक्षा विषय थप गरिएको जानकारी दिइयो ।

विद्यालय शिक्षामा बहुपाठ्यपुस्तक नीति ल्याउन लागेको, कक्षा १ देखि ३ सम्मका सबै विषय शैक्षिक सत्र २०७४ देखि बहुरङमा ल्याउने साथै प्राथमिक तहमा २४ मातृभाषाका पाठ्यपुस्तक विकास गरिएको पनि केन्द्रले बताएको छ ।

समयको मागसँगै केन्द्रले कक्षा ६ र ७ का छ÷छ वटा विषय डिजिटल प्रविधिअनुसार पनि तयार गरेको र मोबाइल एप्स बनाउने क्रममा पनि रहेको निर्देशक पौडेलले जानकारी दिए ।

रासस

प्रतिक्रिया