Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

नियमितका विद्यार्थीलाई आंशिकतर्फको प्रश्नपत्र परेपछि...

मंगलबार, २१ बैशाख २०७३

काठमाडौँ, २१ बैशाख । कक्षा १२ को परीक्षाअन्तर्गत जाजरकोटको एक परीक्षा केन्द्रमा २९ गते हुने परीक्षाको प्रश्नपत्र विद्यार्थीलाई बाँडिएको छ। नारायणी उच्च मावि कार्कीगाउ परीक्षा केन्द्रमा नियमिततर्फका विद्यार्थीहरुको अनिवार्य अंग्रेजी विषयको परीक्षा भएपनि आंशिकतर्फका विद्यार्थीहरुको लागि छापिएको प्रश्नपत्र बाँडिएको छ।


नियमिततर्फका विद्यार्थीलाई आँशिक समूहका परीक्षार्थीहरुको लागि छापिएको प्रश्नपत्र खोलेर बाँडिएको आधा घन्टापछि मात्र थाहा पाएको प्रहरी सहायक निरीक्षक कर्णबहादुर कामीले बताए। उनका अनुसार विद्यार्थीले आधा घन्टासम्म लेखिसकेपछि अचानक परीक्षामा खटिएका निरीक्षक र प्रहरी लगाएर प्रश्नपत्र खोसिएको थियो।

पछि फेरि नियमिततर्फको विद्यार्थीका लागि भनेर आएको प्रश्न बाँडिएको थियो। परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष गणेशकुमार बस्नेत, पर्यवेक्षक गणेश रावल र प्रहरी सहायक निरीक्षक कर्णबहादुर कामीको लापरबाहीले गलत प्रश्नपत्र बाँडिएको परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

केन्द्राध्यक्ष बस्नेतको स्पष्टीकरणका आधारमा के कारबाही गर्ने भन्ने निश्चित हुने गौतमले बताए।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया