Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

परीक्षाको १० दिन अगावै प्रश्नपत्र बाहिरियो

मंगलबार, २१ बैशाख २०७३

काठमाडौँ, २१ बैशाख । जाजरकोटको नारायणी उच्च माध्यमिक विद्यालय कार्कीगाउँ परिक्षा केन्द्रमा १० दिन अगावै प्रश्नपत्र बाहिरिएको छ ।  उच्च माध्यमिक शिक्षा परिषदले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा आगामि २९ गते संचालन हुने आशिंकतर्फको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र आइतबार नै बाहिरिएको हो ।

परीक्षार्थीलाई नियमिततर्फको प्रश्नपत्र वितरण गर्नु पर्नेमा १० दिनपछि हुुने आंशिकतर्फको अंग्रेजी विषयको प्रश्नपत्र वितरण गरिँदा बाहिरिन पुगेको हो । सम्बन्धित पक्षको लापरबाहीका कारण परिक्षार्थीलाई नियमिततर्फको प्रश्नपत्र वितरण गर्नुको साटो आंशिक तर्फको वितरण भएको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए ।

परीक्षा सञ्चालन भएको आधा घण्टापछि परीक्षार्थीले प्रश्नपत्र फरक परेको गुनासो गर्दा अर्को फरक प्रश्न पत्र परेको खुलासा भएको प्रनाउ मल्लले बताए । भुलबश फरक विषयको प्रश्नपत्र वितरण भएको केन्द्राध्यक्ष गणेश बस्नेतले बताए ।

परीक्षार्थीको हातमा परेको प्रश्न पत्र आधा घण्टापछि केन्द्राध्यक्ष र प्रहरीले फिर्ता लिई पुनस् नियमीत तर्फको प्रश्नपत्र वितरण गरी परिक्षा सञ्चालन गरेको मल्लले बताए । जाजरकोटमा कक्षा १२ को परीक्षा ८ केन्द्रमा सञ्चालन भएको छ । निर्धारित मिति अगावै प्रश्नपत्र वाहिरीए पछि देशभरी नै समस्या भएको विद्यालय निरीक्षक मानबहादर मल्लले बताए ।   

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया