Edukhabar
आइतबार, १६ मंसिर २०८१
खबर/फिचर

शिक्षाका सहसचिवहरुको जिम्मेवारी हेरफेर

मंगलबार, ०७ असोज २०७६

काठमाडौं - शिक्षा मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

जस अनुसार मन्त्रालयको महत्वपुर्ण मानिने योजनाको जिम्मेवारी कमल पोखरेललाई दिईएको छ । योजनाका बैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोग, आयोगका तुलसी थपलियालाई शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा लगिएको मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

केन्द्रका दीपक शर्मालाई मन्त्रालयको प्राविधिक शिक्षा महाशाखा, महाशाखाका हरि लम्साललाई चिकित्सा शिक्षा आयोग, सीएलपीआईयुका इमनारायण श्रेष्ठलाई केन्द्र, केन्द्रका चुडामणि पौडेललाई श्रेष्ठका ठाउँमा लगिएको छ, ईभेन्टका केशब दहाललाई ईआरओ चिकित्सा आयोगका चन्द्रकान्त भुसाललाई ईभेन्टमा लगिएको छ । केन्द्रका खगेन्द्र नेपाललाई खाद्य, विष्णु अधिकारीलाई केन्द्रमा लगिएको छ ।

उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी नदिदाँ मन्त्रालयको कार्य सम्पादन प्रभावकारी नभएको भन्दै आलोचना भईरहेका बेला मन्त्री गिरिराजमणि पोखरेलले सहसचिवहरुको सरुवाको निर्णय गरेका हुन् ।

सहसचिव सरुवामा ६ महिना अघि मात्रै सरुवा भएका र अवकासका लागी १ वर्ष मात्रै अवधि भएकालाई नचलाईएको केसीले बताए ।

सोही मापदण्डका आधारमा केन्द्रका महानिर्देशक बाबुराम पौडेल, पाठ्यक्रमका लेखनाथ पौडेल, मन्त्रालयको विद्यालयका कृष्ण काप्री र उच्च शिक्षाका रामशरण सापकोटालाई यथावत राखिएको छ ।

प्रतिक्रिया