Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
खबर/फिचर

कलेजलाई स्वीकृति, अनुगमनको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई

शुक्रबार, १३ असार २०७६

काठमाडौं - सरकारले विभिन्न सातवटा इञ्जिनियरिङ्ग कलेजलाई अस्थायी स्विकृती दिएको छ । गत आईतबार र सोमबार बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार मन्त्री गोकुल बास्कोटाले नयाँ र थप कार्यक्रम सञ्चालन गर्न उक्त अस्थायी स्विकृती दिएको बताएका हुन् । 

स्विकृती पाएका कलेजहरुले पूरा गर्नु पर्ने सम्पूर्ण दायित्व र जिम्मेवारी पूरा गर्ने  गराउने तथा त्यसको अनुगमन गर्ने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इन्जिनियरिङ परिषद्ले गर्ने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको बास्कोटाले बताए । ।

यसरी स्विकृती पाउने कलेजहरुमा ४८ जना विद्यार्थीलाई बी.ई. कम्प्युटर इञ्जिनियरिङ पढाउँदै आएको भरतपुर, चितवनको युनाइटेड टेक्निकल कलेज, बी.ईं इन्फरमेशन टेक्नोलोजी पढाउँदै आएको ९६ जना विद्यार्थी रहेको बुद्धनगर, काठमाडौं स्थित एभरेष्ट इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज र ४८ जना विद्यार्थीलाई बी.ई. कम्प्युटर इञ्जिनियरिङ पढाउँदे आएको लामाचौर, पोखरा स्थित गण्डकी कलेज अफ इञ्जिनियरिङ एण्ड साइन्स छन् । 

यस्तै ब्याचलर अफ आर्किटेक्चरमा ४८ जना विद्यार्थी सँख्या रहेको कसमस कलेज अफ म्यानेज्मेन्ट एण्ड टेक्नोलोजी, टुटेपानी, ललितपुर, बि.ई. सिभिल इञ्जिनियरिङ्गमा स्नातक गराउँदे आउको विद्यार्थी संख्या ९६ जना रहेको पूर्वाञ्चल विश्वविद्यालय, स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी, विराटनगर, मोरङ्ग, बि.ई. सिभिल इञ्जिनियरिङ्ग (स्नातक) विषयमा ४८ जना विद्यार्थी रहेको द हिमाल एजुकेशनल फाउण्डेशन एण्ड रिसर्च सेन्टर प्रा.लि. मातहतको रिज् कलेज अफ इञ्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट, बालकुमारी, ललितपुर र पोखरा विश्वविद्यालय, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी, मोरङ, बि.ई. सिभिल इञ्जिनियरिङ (स्नातक) मा विद्यार्थी संख्या ४८ जना र कम्प्युटर इञ्जिनियरिङमा विद्यार्थी संख्या ४८ जना रहेको कलेजलाई स्विकृती दिएको बास्कोटाले जनाए । 

नेपाल इञ्जिनियरिङ्ग परिषद् नियमावली, २०५७ को नियम १५ बमोजिम नेपाल सरकारबाट लिनुपर्ने स्वीकृति अध्ययन, अध्यापन प्रारम्भ गर्नु पूर्व नै लिई सक्नुपर्ने व्यवस्थाको पूर्णपालना गर्न, गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इञ्जिनियरिङ परिषद्लाई जानकारी गराउने पनि मन्त्रीपरिषद्को निर्णय छ ।  

 

प्रतिक्रिया