Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

शिक्षामा नयाँ अभियानको तयारी

शुक्रबार, १७ जेठ २०७६

काठमाडौं - मानव अधिकार तथा शान्ति समाजले सबैका लागि सुलभ गुणस्तरीय वैज्ञानिक शिक्षाका पक्षमा नयाँ अभियान सञ्चालन गर्ने भएको छ । समाजको २४ औँ स्थापना दिवसका सन्दर्भमा सार्वजनिक अवधारणापत्रमा सुलभ गुणस्तरीय वैज्ञानिक शिक्षाको नयाँ अभियान सञ्चालन गर्ने दृष्टिकोण समेटिएको छ ।   

'सबैका लागि सुलभ गुणस्तरीय वैज्ञानिक शिक्षा र आम नागरिकका लागि सुलभ गुणस्तरीय स्वास्थ्य सेवा भन्ने आह्वान सहित भविष्यमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ अभियान सञ्चालन गर्ने शान्ति समाजको दृष्टिकोण रहेको छ' उक्त अवधारणापत्रमा भनिएको छ । 

यस अघि २०६४ सालमा समाजले जलवायु परिवर्तन र विश्वव्यापी उष्णुताबारे अभियान सञ्चालन गरेको थियो । २०७५ सालबाट भ्रष्टाचार विरुद्ध केन्द्रीत रही समाजले अर्को अभियान शुरु गरेको छ । अभियान अन्र्तगत आयोजना गरिएका धर्नाबाट गिरफ्तारी पनि भएको थियो । शान्तिका लागि काव्य भन्ने आह्वानसहित २०६८ साल मंसिरमा समाजले शान्ति काव्य प्रवाह प्रारम्भ गरेको थियो । २०७२ असोज ३ गते नेपालको संविधान जारी भए पछि भएको नाकाबन्दीलाई समाजले मानवता विरुद्धको अपराधको संज्ञा दिदैं विरोधमा अभियान सञ्चालन गरेको थियो । २०७३  सालमा समाजले लागूऔषध ÷मदिरा दुव्र्यसन विरुद्ध अभियान गरेको थियो । यस अघि २०७२ देखि समाजले हिमालय बचाउ आन्दोलन अघि सारेको छ । सुशासनका लागि शान्ति समाजले स्थापना कालदेखी नै आवाज उठाउँदै आएको छ । 

मानव अधिकार र शान्तिलाई एक आपसबाट पृथक राख्न नसकिने मान्यता अघि सार्दै मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्य गर्ने उद्देश्यले कृष्ण पहाडीको अगुवाईमा २०५३ जेठ १९ गते समाजको स्थापना भएको हो । २०६२/६३ को जन आन्दोलनमा समाजका गतिविधि र यसका अगुवा पहाडीको भूमिका स्मरणीय छ । 

'झट्ट हेर्दा कतिपय अभियानको प्रभावकारीता न्युन देखिन सक्छ तर पनि शान्ति समाजको प्रयास जारी छ' समाजका सभापति उत्तम पुडासैनीद्वारा सार्वजनिक अवधारणापत्रमा भनिएको छ, 'मानव अधिकारका कतिपय सबालमा विस्तुत अभियान सञ्चालन गर्न नसके पनि अवधारणा विकसित गरी थप अभियानका लागि विजारोपण गर्ने काम शान्ति समाजले गरेको छ ।'

२४ औँ स्थापना दिवसका दिन जेठ १९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा समाजले मुख्य दलका नेताहरु सहित मानव अधिकार आन्दोलनको नयाँ धारमा छलफल गर्ने तय गरेको जनाएको छ । 

 

प्रतिक्रिया