काठमाडौं - नक्कली र झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा राहत शिक्षक कोटामा नियुक्त शिक्षक सहित प्रशासनिक सहायक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
दाङवाङ माध्यमिक विद्यालय, प्युठानकी शिक्षक बिमला आचार्यको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली र झुट्टा रहेको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा उनको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ । माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट प्राप्त हाइस्कुल तहको नक्कली र झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी आचार्यले राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति लिई लाभसमेत लिएको अख्तियारको दावी छ ।
यस्तै बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रशासनिक सहायक पदमा कार्यरत मो. सईदुर्रहमानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको दावी सहित अख्तियारले दावि गरेको छ । सईदुर्रहमानले सेवामा प्रवेश गर्न र सेवामा बहाल रहने प्रयोजनका लागि बिहार इण्टरमिडियट शिक्षा परिषद्, पटना, भारतबाट प्राप्त हाइस्कुल परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली रहेको अख्तियारको दावी छ ।
प्रतिक्रिया