Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

परीक्षा नियन्त्रण कार्यालयको लापरवाही, एउटै ब्याजका विद्यार्थीको दुई थरी पूर्णाङ्क

बुधबार, १८ बैशाख २०७६

चितवन - त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्नातकोत्तर तह अँग्रेजी विषयमा अध्ययनरत विद्यार्थीको ट्रान्सक्रिप्टमा परीक्षा नियन्त्रण कार्यालयले लापरवाही गरेको छ । एउटै ब्याज र उही विषय पढेका विद्यार्थी मध्ये केहीको हजार र केहीको ११ सय पूणार्ङ्कको ट्रान्सक्रिप्ट जारी भए सँगै उक्त लापरवाही सार्वजनिक भएको हो । 

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा अध्ययनरत विद्यार्थी मध्ये पहिले थेसिस गर्ने भनेर बसेका विद्यार्थीले विभिन्न कारणबस नभ्याए पछि ट्रयाजेडी वियोगान्त उपन्यासहरुको पढाई हुने विषय को परीक्षा  दिएका थिए । उक्त परीक्षाको २० पूर्णाङ्कको ठाउँमा सय र ८० पूर्णाङ्क हुनुपर्नेलाई पनि सय नै उल्लेख गरिएको दुईथरी ट्रान्सक्रिप्ट जारी भएको हो । 

'थेसिसको सट्टा ट्रयाजेडी विषयको लिखित परीक्षा दिएको तर २०  पूर्णाङ्कको ठाउँमा  सय र ८० हुनुपर्नेलाई पनि सय नै उल्लेख गरेर त्रिविले ११ सय पूर्णाङ्क बनाएछ' विद्यार्थी बिष्णु चापागाई आक्रोशित हुँदै भन्छन्, 'ट्रान्सक्रिप्ट लिन तीन चोटी धाउनुपर्यो । दिने बेलामा गलत पो भिडाएछन् ।'

उक्त लापरवाहीले आफुहरुलाई हैरान पारेको भन्दै अर्की विद्यार्थी सन्ध्या जोशी   परीक्षा नियन्त्रण कार्यालयको यस्ता कार्य प्रति विश्वविद्यालय गम्भिर नहुँदा समस्या दोहोरिरहेको बताउँछिन् ।

'ट्रान्सक्रिप्ट ल्याएर चारित्रिक प्रमाणपत्र लिईसकेको अवस्थामा ट्रयाजेडी को एसिसमेण्ट नम्बर नभएको ट्रान्सक्रिप्ट शैक्षिक प्रमाणपत्र छानबिन हुँदा समस्या पर्ने पक्का छ' उनले भनिन् 'के गर्ने कसो गर्ने अलमलमा छु ।'

१ सय ४० विद्यार्थी ७० जनाले थेसिस गर्ने र बाँकीले पेपर दिने तय भए पनि विचमा थेसिस दिने मध्ये ८ जना विद्यार्थीले परीक्षा नै दिने भएका थिए । उनीहरु मध्ये ४ जनाले हजार र बाँकीको ११ सय पूर्णाङ्कको ट्रान्सक्रिप्ट पाएको क्याम्पस परीक्षा शाखाका शालिग्राम पौडेलले जानकारी दिए । एउटै विषयको फरक फरक ट्रान्सक्रिप्ट जारी हुनु विश्वविद्यालयलाई बद्नाम गर्ने उद्देश्य हो की अज्ञानता वा लापरवाही हो यकिन नभएको उनले बताए । 

हेर्नुहोस् ट्रान्सक्रिप्ट :

यो मात्रै हैन देशकै जेठो विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट पटक पटक यस्तै लापरवाही भईरहेका छन् । सोही क्याम्पसको वीवीएस तेस्रो बर्षका १ सय ३२ विद्यार्थीको प्राप्ताङ्क ९ भन्दा कम प्रकाशित भएको छ । क्याम्पसले ३८ हजार रुपैंया तिरेर सबै विद्यार्थीको पुर्नयोगका लागि लिखित पत्र पठाए पनि कुनै ठोस निर्णय नभएको क्याम्पस प्रमुख गोविन्द सापकोटाले बताए ।

'एसएलसीमा डिस्टिङ्सन प्लस टुमा फस्ट डिभिजन ल्याएका विद्यार्थीको ब्याचलरमा आए पछि ४ नम्बर मात्रै कसरी हुन सक्छ ?' प्रश्न गर्दै उनी भन्छन्, 'सबै तहमा राम्रा विद्यार्थीको ४ नम्बर मात्र आउनु र सबै विद्यार्थी फेल हुनु हुनै सक्दैन, तर यस्तै भयो !'

प्रतिक्रिया