Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

शिक्षकको निधनले जिल्ला शोकमग्न

सोमबार, २० फागुन २०७५

काठमाडौं २० फागुन / हुम्ला जिल्लाको शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने पूर्व शिक्षक धुव्र कुमार बस्नेतको निधनले हुम्ला शोकमग्न भएको छ । काठमाडौको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको निधन हुँदा जिल्लामा सबैतिर शोकमग्न भएको हो ।

काठमाडौको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा उहाँको शनिबार निधन भएको छोरी मधु बस्नेतले बताउनु भयो । ६५ बर्षीया बस्नेतको अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । स्वर्गीय बस्नेतलाई प्रेशरले हान्दा दिमागको एक नशा चुँडिए पछि उपचारका लागि अस्पताल लगिएको थियो । उहाँ लामो समय देखि मृगौला तथा डायोबिटिज रोगबाट पिडित हुँदै उपचाररत रहदै आउनु भएको थियो । उहाँको पार्थिक शरिरलाई पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । उहाँको पार्थिक शरिरलाई छोराहरु रविन कुमार बस्नेत, लव बस्नेत लगायतले दाग बत्ती दिनु भएको खबर प्राप्त भएको छ ।

२०३७ सालबाट हुम्लामा आउनु भएका शिक्षक बस्नेतले अनवरत रुपमा अध्यापन गर्दै आउनु भएको थियो । सुरुमा महादेव मावि दार्मा र त्यस पछि लामो समयसम्म मानसरोवर माविमा अध्यापन गर्दै आउनु भएको थियो । स्वर्गीय बस्नेतले निमावी तहमा स्वास्थ्य तथा शारिरिक शिक्षा पढाउनु भएको थियो । २०७१ साल फागुन १५ गते उहाँले अनिवार्य अवकास लिनु भएकोे थियो । हुम्ला जिल्लाको शिक्षा र खेलकुद क्षेत्रमा स्वर्गीय बस्नेतको महत्वपुर्ण योगदान रहदै आएको छ । स्वर्गीय बस्नेतका चार छोरा, पाँच छोरी र दुई जना श्रीमति हुनुहुन्छ । जन्म घर प्युठान भए पनि अधिकांश समय स्वर्गीय बस्नेतले हुम्ला मै बिताउनु भएको थियो ।

शिक्षामा महत्वपुर्ण योगदान पुर्याउने पूर्व शिक्षकको निधनले हुम्ला शोकमग्न शिर्षकमा गोरखापत्रमा प्रकाशित 

प्रतिक्रिया