Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

निजी विद्यालयले 'थोपरेको' किताब हटाईयो

मंगलबार, ०४ जेठ २०७३

रुपन्देही - जिल्ला शिक्षा कार्यालयले पि पब्लिकेशन सहित विना स्विकृती विद्यार्थीलाई 'भिराईएका' पाठ्यपुस्तक हटाउने निर्णय गरेको छ ।

विभिन्न विद्यार्थी संगठनको दवाव पछि कार्यालयले शुरु गरेको अनुगमनपछि कार्यालयले उक्त निर्णय गरेको हो । अनुगमनका क्रममा उक्त प्रकाशनले प्याब्सन साइन्स नामको बिज्ञान बिषय र विना स्विकृती अन्य प्रकाशन गृहबाट प्रकाशित पाठ्यपुस्तक पठन पाठन गराएको फेला परेपछि यस्ता स्वीकृत नभएका पाठ्यपुस्तक तत्काल हटाउने निर्णय गरेको हो ।

नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रबाट सूचीकृत भएका पाठ्यपुस्तक र थप पाठ्यसामग्री मात्रै अध्यापन गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताए ।

सम्ब्न्धित खबर पढ्नुहोस् :

मनपरी किताब बेच्ने निजी विद्यालयलाई ३ दिन भित्र कारवाहि

मनपरी किताब बेच्न नपाएको झोँकमा प्याब्सन, सरकारी निकायलाई धम्किपूर्ण पत्र

'चोरबाटो' पछ्याउँदै प्याब्सन

प्रकाशित मिति २०७३ जेठ ४ गते

प्रतिक्रिया