Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

अनिवार्य शिक्षाको वातावरण मिलाइदै

सोमबार, ०३ जेठ २०७३

काठमाडौँ, ३ जेठ । जिल्ला शिक्षा कार्यालय दोलखाले चरिकोट आसपासका विद्यालय बाहिर रहेका करिब चार प्रतिशत बालबालिकालाई प्रोत्साहन सुविधा दिएर विद्यालय भर्ना गराई अनिवार्य शिक्षा दिने वातावरण मिलाउन लागेको छ ।  विद्यालय उमेरका समाजका गरिब, अपाङ्ग, भिन्न क्षमता भएका, भूकम्प प्रभावित समेतका उनीहरुलाई विद्यालय भर्ना गराई अनिवार्य शिक्षा दिलाउन लागिएको कार्यालयले जनाएको छ । 

सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्माका अनुसार कागजमा देखिएका विद्यालय उमेरका बालबालिकाहरुको एक एक गरी टाउको गनी यथार्थ विवरण सहित विद्यालय भर्ना गराउन लागिएको छ । विद्यालय भर्ना हुन नसक्नाका कारण समाधान समेत खोजी हरतरहले विद्यालय भर्ना गराइने पनि उनले बताए ।

उनीहरुका आवश्यकता हेरेर छात्रवृत्ति, पोसाक,पाठ्यपुस्तक, स्टेशनरीलगायत प्रदान गर्नुका साथै शैक्षिक जनचेतनाका लागि अभिभावकलाई तालिमको पनि व्यवस्था गरिने उहाँले जानकारी दिए ।  

यथार्थ विवरण जुटाउन समेत भूकम्पको समयमा शैक्षिक क्षेत्रमा काम गर्ने यहाँका १३ वटा गैरसरकारी संस्थाहरुलाई समन्वय गरिएको छ । 

संस्थाहरुले विवरण सङ्कल गर्नुका साथै आवश्यक प्रोत्साहन पनि उपलब्ध गराउने सहमति हुँदै गरेको पनि उनले बताए ।  सबैलाई शिक्षामा पहुँच पु–याउँदै आगामी असारसम्ममा जिल्लालाई साक्षर घोषणा गर्ने तयारी भइरहेको पनि उनले बताए । 

जिल्लामा सामुदायिक र संस्थागत गरी प्राथमिक २३८, निमावि ८४, मावि ४९, उमावि ४२, क्याम्पस ११, प्रविधिक शिक्षालय एक, बालविकास केन्द्र ३४०, धार्मिक विद्यालय १३, वैकल्पिक सात, अनौपचाररिक गृहिणी एक,खुला विद्यालय एक, विशेष स्रोत कक्षा दुई र सामुदायिक अध्ययन केन्द्र ४० रहेका छन् ।  

एक हजार ७७१ वटा विद्यालयहरु छन् । सबै तहका गरी कुल विद्यार्थी ६२ हजार ८०६ रहेका जिशिकाको तथ्याङ्कले देखाएको छ ।  

(गोरखापत्र दैनिकमा प्रकाशित) 

 

प्रतिक्रिया