Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

रोटरी क्लबले कापी कलम बाड्यो !

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ, ३० वैशाख । दाङको सामुदायिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई रोटरी क्लब अफ तुलसीपुर सिटीले शैक्षिक सामग्री वितरण गरेको छ ।  बालकल्याण प्रावि डाडापातु दाङमा अध्ययन गर्दै आएका दलित, जनजाति तथा विपन्न वर्गका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।  

रोटरी क्लबले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययन गर्दै आएका ९२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको क्लबका अध्यक्ष ललित घर्तीले जानकारी दिएका छन् । 

उनीहरुलाई अध्ययनमा सहज होस् भनेर झोला, कापी, कलम लगायतका शैक्षिक सामगी वितरण गरिएको हो । 

रासस 

 

प्रतिक्रिया