Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

परकम्प जादा विद्यालय नै बन्द, तीन विद्यार्थी घाइते  

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ ३० वैशाख । गोरखाको ताप्ले गाविसलाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो २ः३७ बजे ४।५ रिक्टर स्केलको परकम्प गएपछि विद्यार्थी घाइते भएपछि विद्यालय नै बन्द गरिएको छ। 

परकम्पपछि भाग्ने क्रममा गोरखामा तीन जना घाइते भएका छन् ।  सदरमुकामको शक्ति उच्च माविको कक्षा १० मा पढिरहेका खरिबोट गाविसका गणेश गुरुङको हामफाल्दा देव्रे गोडा भाँचिएको छ । भूकम्पले स्कुल भवन हल्लेपछि माथिल्लो तलाबाट भुइँमा हामफाल्दा गुरुङ घाइते भएको शिक्षक दुर्गाभक्त घिमिरेले बताए । उनको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । 

यस्तै, वल्र्ड भिजन नामक संस्थाका कर्मचारी बझाङ जिल्ला घर भएका अमित भण्डारी पनि घाइते भएका छन् । भूकम्प आएका बेला भाग्ने क्रममाः लडेका उनको दाँहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनको गोरखा अस्पतालमा उपचार गरिएको छ । 

शक्ति चोकमा रहेको एभरेष्ट बैंकको सिसा झर्दा खोप्लाङ गाविसका अशोक पोखरेल घाइते भएका छन् । उनको देव्रे गोडामा चोट लागेको छ । पोखरेलको जिल्ला अस्पताल गोरखामा उपचार गरिएको छ । परकम्पले गाउँगाउँका धराप घरमा पनि क्षति पुगेको बताइएको छ । 

भूकम्पले हल्लाएपछि त्रासले गर्दा विद्यालय बन्द गरिएको छ । छैटौँ घन्टीपछि आजका लागि विद्यालय बन्द गरिएको र विद्यार्थीलाई घरघरमा पठाइएको शिक्षकले बताएका छन् । बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको गत वैशाख १२ मा एक वर्ष भइसक्दा पनि परकम्प जाने क्रम नरोकिँदा मानिसमा त्रास बढ्दो छ । 

रासस 

 

प्रतिक्रिया